रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्। उनलाई महानगरीय अपराध महाशाखाले पाँच घण्टासम्म राखेर बिनाशर्त रिहा गरेको हो। 

अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले रामकुमारीलाई उनका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरिएको बताएका छन्। रामकुमारीलाई बिहीबार मध्यान्ह शंखमुलस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। 

रामकुमारीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीबारे अभद्र र अमर्यादित टिप्पणी गरेको आरोप लागेको थियो। उनलाई प्रहरीले घरमै पुगेर राज्यविरुद्धको कसुरको दफा ५८ अन्तर्गत पक्राउ गरेर हिरासतमा लिएको थियो। 

रिहा भएपछि प्रतिक्रिया दिँदै रामकुमारीले आफूविरुद्ध राज्यले निरङ्कुश कदम चाल्न खोजेको बताइन्। उनले चौतर्फी दबाबका कारण केपी ओली नेतृत्वको सरकारले आफूलाई छाड्न बाध्य भएको बताएकी छन्।





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १८:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया