रामकुमारी झाँक्री पक्राउदेखि रिहाइसम्म (फोटोफिचर)

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री बिहीबार मध्याह्न शंखमुलस्थित आफ्नै घरबाट पक्राउ परिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे अभद्र र अमर्यादित टिप्पणी गरेको आरोपमा उनलाई प्रहरीले राज्यविरुद्धको कसुरको दफा ५८ अन्तर्गत पक्राउ गरेर हिरासतमा लिएको थियो। 

झाँक्री पक्राउ परेसँगै उनको पार्टी नेकपा मात्र नभई कांग्रेस, राप्रपालगायत अन्य पार्टीका नेताहरुले पनि सरकारको कटु आलोचना गर्दै उनको रिहाइको माग गरे । झाँक्रीको समर्थनमा सडकमा नाराबाजी नै भयो । 

प्रहरीको महानगरीय अपराध महाशाखाले पाँच घण्टासम्म राखेर हिरासतमा राखेर उनलाई विनासर्त रिहा गर्यो । रिहाइपछि झाँक्रीको जिम्मा लिन प्रहरीले नेकपाका नेताहरुलाई आग्रह गरे पनि उनीहरुले जिम्मा लिन मानेनन् । 

अन्ततः प्रहरीले रामकुमारीलाई उनका पति पशुपतिबाबु पुरीको जिम्मा लगाएर रिहा गर्यो । झाँक्रीको रिहाइपछिको जुलुसमा नेकपा कार्यकर्ताका अलवा भर्खरै ओली समूहबाट दाहाल–नेपाल समूहमा प्रवेश गरेका मंगल थापा मात्रै होइन, नेपाली कांग्रेस महिला विभागकी सचिव लक्ष्मी खतिवडा पनि सहभागी थिइन् ।​

हेरौँ तस्बिरमा झाँक्रीको पक्राउदेखि रिहाइसम्म​



 

 



 

  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार २१:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया