आइपिएलमा सन्दीपको न्यूनतम मूल्य ४० लाख !
फाइल तस्बिर

इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा नेपाली क्रिकेटका आइकन सन्दीप लामिछानेको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ तोकिएको छ । १४औँ संस्करणको आइपिएलका लागि सन्दीप अक्सन सूचीमा परेका हुन् । 

आइपिएलको यस संस्करणका लागि नेपालबाट ८ खेलाडीको नाम पठाइएको भएपनि अन्तिम सूचीमा सन्दीप मात्रै परेका हुन् । यसअघि, दिल्ली क्यापिटल्समा ३ सिजन रहेका सन्दीपलाई यो सिजन दिल्लीले रिलिज गरेको हो । 

आइपिएल अक्सनको अन्तिम सूचीमा भारतका १६४ र ओभरसिजका १२५ जना गरी २९२ जनामात्रै रहेका छन् । कुल १ हजार ९७ जनाको प्रारम्भिक सूचीमा नेपालबाट ८ खेलाडी समावेश भएका थिए । 

तर, फेब्रुअरी १८ मा हुने अक्सनका लागि तीमध्येबाट २९२ जनामात्रै अन्तिम सूचीमा अटाएका हुन् । अक्सनका लागि एसोसिएटबाट सन्दीपसहित अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन सूचीमा छन् ।

प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो । तर, सन्दीपबाहेक अरूले अवसर पाएनन् ।





  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार ७:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया