बुटवलमा सत्तापक्षको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
फाइल तस्बिर

सत्तारुढ नेकपाको ओली समूहले भाेलि लुम्बिनी प्रदेशको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बुटवलको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 

सभाको तयारीका लागि बुटवलमा ओली समर्थक युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्याली गरेका छन् । नेकपाको युवा इन्चार्ज महेश बस्नेतको अगुवाइमा र्याली निकालिएको हो । 

नेकपाको प्रचण्ड-माधव समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गरेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले जनसागर हेर्न बुटवल आउनुस् भन्दै जनसभाको घोषणा गरेका थिए । उनले एउटै प्रदेशमा कस्तो जनसागर हुन्छ बुटवलमा देखाउने बताएका छन् । 

ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शनसहित जनसभा गरिसकेको छ । त्यसकै निरन्तरता स्वरुप आज बुटवलमा हुन लागेको हो । 





  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार ७:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया