logo-img

ग्यापुको ‘भ्यालेनटाइम’ अफर

ग्यापु अनलाइनले भ्यालेन्टाइन सप्‍ताहका अवसरमा ’भ्यालेनटाइम’ अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत हाइ टाइमको स्मार्ट वाच तथा अन्य घडीको खरिदमा एयर बर्ड्स निःशुल्क प्राप्त गर्न सकिने बताइएको छ ।

साथै, भ्यालेन्टाइन सप्ताहमा आफ्ना प्रेमीप्रेमिकालाई चकलेट, केक, फूल र उपहार दिन चाहने व्यक्तिका लागि ग्यापुले विशेष सेलसहित सामग्री विक्री गरिरहेको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

भ्यालेन्टाइन सप्ताहमा ग्यापुबाट सपिङ गर्नेमध्ये एक जनाले सनवे इन्टरनेसनल बिजनेस स्कुलमा ५० प्रतिशत छुट, एक जनाले डिजी स्कुलको निःशुल्क आइटी कोर्स  तथा दुई जोडीले क्युज सिनेमामा निःशुल्क मूभी टिकट पाउने  खड्काले जानकारी दिए ।



भ्यालेन्टाइन सप्ताहमा ग्यापुको सोसल मिडियालाई ट्याग गरी जोडीको फोटो पोस्ट गर्नेमध्ये एक जोडीले पोखरा लेकसाइडको ’स्वीस इन्टरनेसनल होटल सरोवर’मा बेड एण्ड ब्रेकफास्टको प्याकेज निःशुल्क प्राप्त गर्ने समेत बताइएको छ ।

मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत ग्यापुमा सामान अर्डर गरी प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र ई–सेवामार्फत भुक्तानी गर्न सकिने बताइएको छ ।



डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैँकका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने तथा नगद दिनसमेत दिन सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।



  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया