काङ्ग्रेस र कम्युनिस्टसँग जनता वाक्क दिक्क : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्योल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए । राप्रपाको शुक्रबार हेटौंडा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभाव सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द्व चर्केर जाने खतरा प्रति चिन्ता प्रकट गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२ र ६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उहाँको टिप्पणी थियो । कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १२:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया