ओलीलाई लक्षित गर्दै प्रचण्डले  भने : जरूरी परे मर्न पनि डराउँदैनौँ
सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न नसक्ने दाबी

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौँ सहिदको बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलबाड गरेर कुल्चिने प्रयास गरिरहेको बताएका छन्।

फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बोधन गर्दै ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले हजारौं सहिदको बलिदानीबाट प्राप्त गणतन्त्रलाई कुल्चिने प्रयास गरिरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले चालेको कदमविरुद्ध लड्दा आफू मर्न नडराउने उनले बताए । ‘सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धि हामी गुम्न दिने छैनौं', उनले भने, 'जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ।’

सात दशक लामो हजारौं सहिदहरुको संघर्षबाट प्राप्त भएको गणतन्त्र उपलब्धि खतरामा पर्न लागेको भन्दै अब सबै नेपालीहरु एकजुट भएर फेरि संघर्षको मैदानमा उत्रिनुपर्ने बेला आएको पनि उनले दाबी गरे। 'आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ', उनले भने, 'जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ।’

भिडियो





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १४:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया