बलात्कारविरुद्ध आँखामा कालो पट्टी बाँधी युवायुवती प्रदर्शनमा

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै युवायुवती प्रदर्शनमा उत्रिएका छन् । दोषीलाई कारबाही र पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै युवायुवती शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरूले बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका छन् ।

उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतीकात्मक रुपमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरू थिए ।



सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरूले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।



  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १४:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया