बाबुरामसँग मिलनको संकेत गर्दै प्रचण्डले भने– हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको बौद्धिकताको प्रशंसा गरेका छन् । बालुवाटारस्थित एक ब्याङ्क्वेटमा बाबुरामको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले  आफूहरु अहिले पनि एउटै मोर्चामा रहेको बताए । 

जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरिएको विमोचन समारोहमा बोल्दै उनले भने, ‘हजारौँ सहिदहरुले हामीलाई अलग हुन दिँदैनन्, इतिहासलाई समीक्षा गरेर मोर्चाका लागि संकल्प गर्ने रुपमा पनि बुझेका छौँ । 

जिउँदा मानिसका लागि चिहानबाट कंकाल मानिसलाई निकालेर ल्याउन पनि आफूहरु तयार रहेको भन्दै प्रचण्डले भने, ंक्रान्तिका निम्ति सहिद हुन्छन्, त्यसलाई राज्यले अवहेलना र दमन गर्छ। तर बाँकी मानिसले कंकाल निकालेर जिउँदा मानिसका लागि ल्याउनेछौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेको आरोप लगाउँदै उनले आजको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन भएको बताए । 





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १७:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया