पदको लोभ नगरी नयाँ पुस्तालाई अगाडि सार्न प्रचण्डलाई बाबुरामको सुझाब

पूर्वप्रधानमन्त्री एवं‌ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान संविधान लेखनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आफूद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली सो कुरा मान्न तयार नरहेको बताए । 

ओली नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको आरोप लगाउँदै उनले भने, ‘माओवादी जनयुद्धले धेरै उपलब्धि गरेको छ, संविधान लेख्नका लागि त्यसले महत्वपूर्ण भूमिका खेलेको छ। तर, ओली त्यसलाई मान्न तयार छैनन् ।’

उनले सहिद र बेपत्ता परिवारको विषयलाई टुंग्याउनुपर्ने उल्लेख गर्दै जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउनका लागि आग्रहसमेत गरेका छन् ।  

लामो समयसम्म लडेर प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्ने भन्दै उनले ओलीको कदमविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीको कदमलाई उनले प्रतिगमन मात्रै नभएर प्रतिक्रान्ति भएको बताए ।

प्रचण्डलाई पदको लोभ नगरी नयाँ पुस्तालाई अगाडि सार्न सुझाब दिँदै उनले भने ‘नयाँ पुस्ताहरू समेत सडकमा आइरहेका छन्, सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्छ।’ 

ओलीको कदमविरुद्ध रामचन्द्र पौडेल लागे पनि कांग्रेसका अन्य नेताचाहिँ पदको लोभमा परेर खुट्टा कमाइरहेको भट्टराईको आरोप छ । 





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १७:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया