रुकुम पश्चिममा मनाइयो जनयुद्ध दिवस

जनयुद्धको उद्गमस्थल मध्ये एक रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । शनिबार ‘महान् जनयुद्धको २६ औँ वार्षिकोत्सव भव्य रुपले मनाऔँ, केपी ओली सरकारले गरेको असंवैधानिक कदमको सशक्त प्रतिरोध गरौँ’ लेखिएका ब्यारनसहित रुकुम पश्चिमको मुसिकोटमा दिवस मनाइएको हो ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते चारवटा प्रहरी चौकीमा पहिलो फौजी कारबाही गरेर जनयुद्ध घोषणा गरेको थियो । जनयुद्ध २०६३ मंसिर ५ गतेबाट अन्त्य भएको थियो ।


 





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १९:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया