धादिङमा ट्रक र माइक्रो ठोक्किँदा दुईको मृत्यु
फरकधार / १ फागुन, २०७७

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र  माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।



आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि चितवन पठाइएको, दुईजनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरीको भनाइ छ । 



  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १९:२२:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया