दाहाल-नेपाल नेकपाले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आइतबार पत्रकार सम्मेलन गर्दै दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब तेस्रो चरणको आन्दोलन चर्काउने चेतावनी दिएका छन्। फागुन ५ देखि १२ गतेसम्म सबै जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने उले घोषणा गरे। 

भट्टराईले प्रतिनिधिसभा विघटन र भ्रष्टाचारविरुद्ध फागुन ६ गते काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा सबै पालिकाका वडामा विरोध प्रदर्शन, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन र ९ गते हत्या एवम् बलात्कारविरुद्ध महिलाहरुले विरोध गर्ने बताएका छन्। 

भिडियो





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १४:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया