logo-img

अनलाइन सपिङ पोर्टलको भ्यालेन्टाइन डे अफर

फेबु्रअरी १४ अर्थात् भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रुपमा मनाउने प्रचलन छ । पश्चिमी संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने प्रचलन बढ्दै गएको छ । भ्यालेन्टाइन डेको दिन आफ्ना प्रेमीप्रेमिकालाई उपहार दिन चलन रहेको छ । यसलाई नै लक्षित गरि थुप्रै अनलाइन शपिङ पोर्टलले सामान खरिदमा छुटका साथै विभिन्न अफर सञ्चालन गरेका छन् ।

ग्यापुको ‘भ्यालेनटाइम’ अफर 

ग्यापु अनलाइनले भ्यालेन्टाइन सप्ताहका अवसरमा ’भ्यालेनटाइम’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत हाइ टाइमको स्मार्ट वाच तथा अन्य घडीको खरिदमा एयर बर्ड्स निःशुल्क प्राप्त गर्न सकिने बताइएको छ ।

साथै, भ्यालेन्टाइन सप्ताहमा आफ्ना प्रेमीप्रेमिकालाई चकलेट, केक, फूल र उपहार दिन चाहने व्यक्तिका लागि ग्यापुले विशेष सेलसहित सामग्री विक्री गरिरहेको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।



भ्यालेन्टाइन सप्ताहमा ग्यापुबाट सपिङ गर्नेमध्ये एक जनाले सनवे इन्टरनेसनल बिजनेस स्कुलमा ५० प्रतिशत छुट, एक जनाले डिजी स्कुलको निःशुल्क आइटी कोर्स तथा दुई जोडीले क्युज सिनेमामा निःशुल्क मुभी टिकट पाउने खड्काले जानकारी दिए । 

भ्यालेन्टाइन सप्ताहमा ग्यापुको सोसल मिडियालाई ट्याग गरी जोडीको फोटो पोस्ट गर्नेमध्ये एक जोडीले पोखरा लेकसाइडको ’स्वीस इन्टरनेसनल होटल सरोवर’मा बेड एण्ड ब्रेकफास्टको प्याकेज निःशुल्क प्राप्त गर्नेसमेत बताइएको छ ।



औराको छुट अफर

औरा अनलाइनले भ्यालेन्टनइन सप्ताहलाई लक्षित गरि हरेक सामानको खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । औराले फेब्रुअरी १४ तरिखसम्मका लागि सो व्यवस्था लागु गरेको हो । 



औराले घडी, कपडा, कस्मेटिक आइटमलगायत सामग्री विक्री गर्दै आएको छ । यस्तै, भ्यालेन्टाइन डेलाई लक्षित गरी विभिन्न गिफ्ट आइटम पनि बिक्री गर्दै आएको छ ।

दराजमा ५० प्रतिशतसम्म छुट

भ्यालेन्टाइन डेको अवसरमा दराज नेपालले भारी छुटको व्यवस्था गरेको छ । दराजमार्फत सामान खरिद गर्ने उपभोक्ताले भ्यालेन्टाइन डेका अवसरमा १० देखि ५० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

भ्यालेन्टाइन डेमा घडी खरिद गर्दा दराजले १० देखि ५० प्रतिशतसम्म छुट दिएको छ । त्यस्तै, इलेक्ट्रोनिक सेलमा ३२, कस्मेटिक आइटममा ५०, मोबाइल फोन खरिदमा ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, भ्यालेन्टाइन डेलाई नै लक्षित गरी इलेक्ट्रोनिक आइटम खरिद गर्दा निःशुल्क डेलिभरको व्यवस्थासमेत दराजले गरेको छ । 

नेपाली कार्ट

नेपाली कार्टले भ्यालेन्टाइन डेका लागि नेपाली कार्ट अनलाइन सपिङ पोर्टलले विषेश छुट दिएको छ । नेपाली कार्टमार्फत सामान खरिद गर्दा केही १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 

त्यस्तै, १ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्ने हरेक उपभोक्तालाई नेपाली कार्टले निःशुल्क होम डेलिभरीको व्यवस्था गरेको छ । यसबाहेक भ्यालेन्टाइन डेका अवसरमा अर्थात् फेब्रुअरी ८ देखि १४ तारिखसम्म सामान खरिद गर्ने ३ जना भाग्यशालीलाई नेपाली कार्टको तर्फबाट १५ साय रुपैयाँ बराबरको द भिलेज क्याफेमा डिनरको कुपन दिने भएको छ । त्यस्तै, नेपाली कार्टमा सामान खरिद गर्ने पहिलो २० जना उपभोक्ताई आगामी खरिदमा २ सय ५० रुपैंया छुट दिने भएको छ ।

मेरो ब्राण्ड

मेरो ब्राण्डले पनि भ्यालेन्टाइन डेका अवसरमा छुटको व्यवस्था गरेको छ । मेरो ब्राण्डको हरेक सामानमा कम्पनीले ३० प्रतिशत छुट दिएको छ । कम्पनीले यो सुविधा फेब्रुअरी महिनाभरका लागि लागु गरेको छ । यसबाहेक भ्यालेन्टाइन डे को अवसरमा मेरो ब्राण्डले निःशुल्क डेलिभरीको समेत व्यवस्था गरेको छ । कम्पनीले कपडा, पर्फयूम, कस्मेटिक सामाग्री, घडी, इलेक्ट्रोनिक सामग्री विक्री गर्दै आएको छ ।


 

  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया