कैलालीमा कोरोनाविरुद्धको खोप : ५ हजारमा लगाउने लक्ष्य

कैलालीमा पहिलो चरणको दोस्रो लक्षित समूहका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । धनगढीसहित जिल्लाका विभिन्न ७ स्थानमा निर्धारण गरिएका केन्द्रबाट लक्षित समूहलाई खोप दिन सुरु गरिएको हो । 

स्वास्थ्य कार्यालय कैलाली, गोदावरी नगरपालिकाको मालखेती अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना विरुद्धको खोप दिन लागिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । 

धामीका अनुसार लम्कीचुहा अस्पताल, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालबाट पनि लक्षित समूहले परिचय पत्रका आधारमा खोप लगाउन पाउनेछन् ।

आइतबारदेखि संघीय सरकारले निर्धारण गरे बमोजिम सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकारहरू, यसअघि छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम् सेवक, एम्बुलेन्स तथा शवबाहन चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइन लागेको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कैलालीका ५ हजार जनालाई लगाउन मिल्ने गरी खोप उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरूलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने जानकारी दिए ।

सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरूलाई खोप उपलब्ध गराएको थियो । नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १९:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया