यस्ता छन् सरकारका तीन वर्षका उपलब्धि (पूर्णपाठ)
प्रधानमन्त्रीले सुनाए विकासको लामो फेहरिस्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका तीन वर्षका उपलब्धि सोमबार सुनाएका छन्। सिंहदरबारको नवनिर्मित भवन परिसरबाट प्रधानमन्त्री ओलीले तीन वर्षका उपलब्धि सुनाएका हुन्। 

ओलीले सरकार तीन वर्ष पुगेको अवसरमा सरकारका कामको फेहरिस्त सुनाएका हुन्। उनले तीन वर्षको उपलब्धि सुनाउँदै आफ्नो नेतृत्वले कोभिड-१९ सहितका विश्वव्यापी संकटबीच देशलाई आर्थिक मन्दीमा जान नदिएको तर्क गरे।

उनले २०७२ को भूकम्पपछि भत्किएका निजी तथा सार्वजनिक घर र भवनहरु धमाधम निर्माण भइरहेको बताए। रानीपोखरी र दरबार हाई स्कुलसहितका पूर्वाधार बनिसकेको उनले बताए। त्यस्तै काष्ठमण्डप र धरहरासहितका पूर्वाधार पनि बनिसकेको उनले बताए। 

आफ्नो सरकारको पालामा सडक निर्माणले तीव्रता पाएको बताए। हुलाकी राजमार्ग, कालिगण्डकी करिडोरसहितका महत्वपूर्ण सडकको प्रगति पनि उत्साहजनक रहेको उनले बताए। ओलीले गौतम बुद्ध विमानस्थल निर्माणको काम ९८ प्रतिशत पुगिसकेको पनि जानकारी दिएका छन्। 

पूर्ण पाठ





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १४:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया