आगामी निर्वाचनमा ओलीलाई हराएर देखाउँछौं : प्रचण्ड
राम्रो दिमाग भएका सबै आफैंसँग रहेको जिकिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता र राम्रो दिमाग नागरिक सबै प्रतिनिधिसभा विघटनविरुद्ध रहेको बताएका छन्।

श्रद्धाञ्जली सभाका लागि सोमबार बिहान चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले सबै एकजुट भएर प्रतिगमनलाई पराजित गर्नुपर्ने तर्क गरे।

उनले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री ओलीलाई हराएर देखाउने दाबी गरे।‘प्रतिगमनको बाटो पक्रिएसँगै ओली हारिसक्नु भयो, उहाँ मतमा पनि हार्नुहुन्छ, व्यवहारमा पनि हार्नुहुन्छ,’प्रचण्डले भने।

उनले ओली सरकारले घोषणा गरेको निर्वाचन कुनै हालतमा नहुने उनले बताए। प्रधानमन्त्री ओलीले बुटवलको आमसभामा टाउको गनेर नभइ बाकस थापेर जनता कसको पक्षमा छ भन्ने कुरा देखाउन प्रचण्ड-माधव पक्षलाई चुनौती दिएका थिए।

ओलीको त्यो कुराको खण्डन गर्दै प्रचण्डले पहिले राजा-महाराजाले गर्ने जस्तै पञ्चर्‍याली जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतारेर केही नहुने बताए।





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १६:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया