नागरिक आन्दोलनमा शैक्षिक विषय ! [तस्बिरसहित]

नेपालमा जे जति आन्दोलन भएका छन् तिनको प्रमुख विषय सत्ता र राजनीति हुने गरेको छ । नागरिक आन्दोलनको नाम दिइएको केही प्रबुद्ध वर्ग सहितको आन्दोलनले भने शैक्षिक विषयलाई प्रमुखता दिएको छ । कीर्तिपुरको पाँगाबाट सोमबार सुरु भएको र्‍यालीले त्रिभुवन विश्वविद्यालयको प्रङ्गणमा कोणसभा गरेको थियो । 

कार्यक्रममा विभिन्न वक्ताहरूले विश्वविद्यालयका समस्या उजागर गरेका थिए । उनीहरुले विश्वविद्यालयलाई दलगत राजनीतिबाट मुक्त राख्न पनि आग्रह गरे । शिक्षा क्षेत्रमा हुने राजनीतिकणविरुद्ध गरिएको प्रदर्शनका सहभागीले समग्र शैक्षिक सुधारका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

कार्यक्रममा गायक प्रदीप देउलाले गीत गाएका थिए । विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका थिए । विनोद विक्रम केसी, कृष्ण सेन इच्छुक  र पारिजातका कविताहरू पनि वाचन गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १७:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया