आजदेखि गण्डकीमा मुख्यमन्त्री कप भलिबल

गण्डकी प्रदेशमा आजदेखि महिला र पुरुष दुवै टोलीका लागि भलिबल प्रतियोगिता हुँदैछ । आजदेखि मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । 

कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि महिला र पुरुष दुवैतर्फको खेल सुरु हुन लागेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो दिन आज महिलातर्फ ३ खेल तथा पुरुषतर्फ ४ खेल हुँदैछन् । पुरुषतर्फ पहिलो खेलमा तनहुँ र मुस्ताङ खेल्दैछन् । 

दोस्रो खेलमा स्याङ्जा र कास्की भिड्नेछन् । भने, तेस्रो खेलमा बाग्लुङ र म्याग्दी तथा अन्तिम खेलमा नवलपुर र गोरखा भिड्ने छन् ।

महिलाको पहिलो खेलमा म्याग्दी र नवलपुरबीच खेल हुनेछ । दोस्रो खेलमा पर्वत र स्याङ्जा तथा तेस्रो खेलमा तनहुँ र लमजुङ आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । 

प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टोलीले समान २/२ लाख र ट्रफी तथा उपविजेताले १/१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्नेछन् ।



प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।



  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार ७:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया