पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनपछिको अवस्था हेर्दा कांग्रेसको समेत सेटिङ रहेको शंका उत्पन्न भएको बताएका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अलमल अनौठो भएको बताएका छन् । चिसो भनेकै कोकाकोला भनेझैँ केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद भएको उनको भनाइ छ ।
चुनावमा ढिलो छिटो जानैपर्ने भन्दै डा. भट्टराईले ओलीको असंवैधानिक कदम नसच्चिएकै अवस्थामा चुनावमा जाँदा संविधान नै धरापमा पर्ने धारणा राखेका छन् ।
भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ भन्ने किन नबुझेको भन्दै प्रश्न गरेका छन् । कि सेटिङ नै हो भन्दै उनले आशंका व्यक्त गरेका छन् ।
चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताकानिम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दु:खद छ।चुनावमा त ढिलोछिटो जानैपर्छ।तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाॅदा(भैहालेमा!)संविधान धरापमा पर्छ;संसद पुनर्स्थापनापछि चुनावमा जाॅदा दुवै हातमा लड्डु हुन्छ!किन नबुझेको?कि सेटिंग नै हो?
— Baburam Bhattarai (@brb1954) February 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।