बजेट निर्माणको तयारी सुरु : भन्सार विभागले माग्यो सुझाव

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको तयारी अघि बढाइसकेको छ । बजेट निर्माणको तयारीसँगै भन्सार विभागले सबै सरोकारवालासँग यसका लागि आवश्यक सुझाव दिन माग गरेको छ । आगामी वर्षको बजेटमा भन्सारको विषयमा सुझाव समावेश गर्न आह्वान गरेको विभागले जनाएको छ । विभागका अनुसार राजस्व परामर्श समितिलाई राय सुझाव दिन गठित भन्सार उपसमितिको माघ २७ को निर्णयअनुसार राय सुझाव माग गरिएको हो ।

विभागका अनुसार भन्सारसम्बन्धी आवश्यक राय सुझाव यही फागुन १४ गतेभित्रमा बुझाउनुपर्ने छ । भन्सार दरमा के कति पुनरावलोकन गर्नुपर्ने हो, भन्सार मूल्यांकन प्रणालीको सुधार, सरलीकरण भन्सार प्रक्रिया आदिमा के कस्ता संशोधनको आवश्यकता रहेको छ भनी व्यापारी, उद्योगी तथा सबै सरोकारवालाहरूलाई सुझाव दिन माग गरेको विभागको नीति तथा महसुल शाखाले जनाएको हो ।

त्यस्तै, व्यापार सहजीकरण र सीमा व्यवस्थापन, भन्सार ऐन तथा नियमावलीमा गरिनुपर्ने संशोधन जस्ता विषयको राय तथा सुझाव माग गरेको सोही शाखाले जनाएको छ । भन्सार विभागको शाखामा स्व‌यम् उपस्थित भएर वा इमेल तथा फोन मार्फत सुझाव दिन सकिने विभागले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १४:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया