बैतडीको आफ्नो पार्टीको कार्यक्रममा केपी शर्मा ओली पक्षले गरेको आक्रमणप्रति नेपाली कांग्रेसले निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर सत्ताउन्माद प्रस्तुत नगर्न नेकपालाई चेतावनी दिएका हुन् ।
सो कार्यक्रमा ओली समूहका युवाहरुले ढुंगा प्रहार गर्दा कांग्रेसका आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् । कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा, नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरलगायत नेता सो कार्यक्रममा सहभागी थिए ।
प्रवक्ता शर्माले विज्ञप्तिमा लेखेका छन्– सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ, यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।