मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रीम भुक्तानी दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले बाधा–अड्काउ फुकाउ गरेर भ्याक्सिन खरिदको समस्या समाधान गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो खुलेको छ ।
सरकारले सिरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको छ । उक्त कम्पनीले अग्रिम भुक्तानी मागेपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका कारण मन्त्रालयले अग्रीम भुक्तानीको निर्णय गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।