प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिकामा फिल्म ‘प्रकाश’ बन्दै

लामो समयको लकडाउनका कारण ठप्प रहेको नेपाली फिल्म उद्योग बिस्तारै जाग्ने क्रममा छ । निर्माण भएका फिल्म प्रदर्शनका क्रममा छन भने नयाँ–नयाँ फिल्म निर्माणको घोषणाको क्रम पनि जारी छ । 

उही सिलसिलामा फिल्म ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । विकास सुवेदीको कथा र दिनेश राउतको निर्देशनमा बन्ने उक्त फिल्मको मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।  

अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने उक्त फिल्म फागुनको दोस्रो साताबाट फ्लोरमा जाने बताइएको छ । चलचित्रमा प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थीलगायतले अभिनय गर्नेछन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार २०:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया