पारिवारिक रिसिबीका ​कारण भागरथीको बलात्कारपछि हत्या, अभियुक्तलाई आज सार्वजनिक गरिँदै
फाइल तस्बिर

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयको एक युवकले प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । 

बैतडीको सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । भागरथी अध्ययनरत विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती युवकले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्  ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो । सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ ।’ 

प्रहरीका अनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन् । 

भागरथीका छिमेकीसमेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मंगलबार अबेर राति उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला लगिएको प्रहरीले जनाएको छ । 

अभियुक्तलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।



माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो ।



  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार ८:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया