गगन थापाको टिप्पणी : ओली सरकारको पतन धेरै टाढा छैन
फाइल तस्बिर

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पतन अब धेरै टाढा नभएको बताएका छन् । 

थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै ओली सरकारको आयु अब धेरै नभएको बताएका हुन् । बैतडीको कांग्रेस सभामा ओली समूहको आक्रमणको घटनामा टिप्पणी गर्दै थापाले यस्तो बताएका हुन् । 

बैतडीमा केन्द्रीय नेताहरु एन पि साउद र डिला संग्रौला सहभागी भएको कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको उनले लेखेका छन् । 

हिंसा कायरहरूको हतियार भएको बताउँदै थापाले निषेध र आक्रमणको शैली सत्ता र शक्तिको उन्माद तथा ओलीको हतास मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् ।  

वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा नभएको थापाको भनाइ छ ।

बैतडीमा एन.पी साउद र डिला संगाैला सहभागी भएको नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण...

Posted by Gagan Thapa on Tuesday, February 16, 2021




  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार ८:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया