'देशको भन्दा डरलाग्दो राजनीति फिल्म क्षेत्रमा छ'
फाइल तस्बिर

लामो समय नेपाली चलचित्रमा बिताएकी चरित्र अभिनेत्री भुवन चन्दले आफ्नै ब्यानरमा चलचित्र ‘साइनो’ निर्माण गरिन् । आफ्नै प्रोडक्सन हाउस ‘चन्द्रविनायक प्रोडक्सन हाउस’को ब्यानरमा निर्माण गरेको चलचित्रले सोचेको जस्तो व्यापार गर्न सकेन ।

कमजोर ब्यानरका कारण चलचित्र नचलेको भुवनले बताएकी छन् । उनले ठूलो ब्यानरमा जस्ता चलचित्र निर्माण भएपनि बिक्ने बताएकी छिन् । 

ब्यानरअनुसार फिल्मको व्यापार हुने भन्दै भुवनले नाम नचलेका ब्यानरबाट राम्रै चलचित्र बनाउन पनि धेरैपटक सोच्नुपर्ने बताइन् । नेपालमा ३÷४ वटा नाम चलेका ब्यानरबाहेक अरुलाई फिल्मको व्यापार गर्न निक्कै गाह्रो हुने उनको भनाइ छ ।

चलचित्र ‘साइनो’मा लगानी गरेपछि मात्रै नेपाली फिल्म क्षेत्रको वास्तविकताका बारेमा बुझेको भुवनको भनाइ छ । उनले भनेकी छन्, ‘पहिला फिल्म खेल्थेँ । पैसाको खेलका बारेमा बुझेको थिइँन । आफूले खर्च गरेपछि बल्ल यहाँ भित्रको राजनीति थाहा पाएँ ।’

फिल्म क्षेत्रको राजनीतिका अगाडि देशको राजनीति फिक्का हुने भन्दै निर्माताहरु निरुत्साहित हुनुको कारण आफै निर्माता भएपछि थाहा पाएको उनले बताएकी छन् । 

सरकार र वितरकले निर्माताहरुलाई प्रोत्साहित गर्नुपर्ने भन्दै भुवनले वितरकले लगानी र कमाइमा गर्ने हिनामिनाले आफू स्वयं पीडित भएको अनुभव सेयर गरेकी छन् ।





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १०:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया