बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।
आवश्यक अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार भट्टले पारिवारिक रिसिबीका कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रहरीले आज २ बजे भट्टलाई सार्वजनिक गर्दै छ । घटनाको अनुसन्धानका लागि माघको २५ गतेदेखि घटनास्थलमा रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी, संघीय प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे, सिआइबीका डिएसपी पञ्चकुमार बाकु सहितको टोलीले अभियुक्तलाई अहिले दिउँसो २ बजे सार्वजनिक गर्ने छ ।
नातामा भाइ पर्ने दिनेशले आफू एक्लैले हत्या गरेको बताएको एसएसपी सिंहले जानकारी दिए । २१ माघ २०७७ मा विद्यालयबाट घर फर्कँदै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।