१४ वर्षीय बालकले चलाएको ट्रयाक्टरले किच्दा ८ वर्षीय बालकको मृत्यु

महोत्तरीमा १४ वर्षीय बालकले चलाएको ट्रयाक्टरले किच्दा ८ वर्षीय बालकको मृत्यु भएको छ ।

बलवा नगरपालिका ८ बनौटा बस्ने कैलाश यादवका अन्दाजी ८ वर्षीय छोरा शिवमकुमार यादवको ट्रयाक्टरले किचेर मृत्यु भएको हो ।

आज बिहान सरस्वतीको प्रतिमा सेलाउन १४ वर्षीय बालकले चलाएर लगिरहेको नम्बर खुल्न नसकेको ट्रयाक्टर ब्याक गरेर निकाल्ने क्रममा बालक यादवलाई किच्दा उसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ट्रयाक्टरका चालक सोही ठाउँ बस्ने ध्रुवकुमार महतोका १४ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ । 

मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १६:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया