मुख्यमन्त्रीको निजी सचिवालय हेरफेर
फरकधार / ५ फागुन, २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो निजी सचिवालयमा हेरफेर गरेका छन् । बुधबार मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सचिव सुमन शाहीले सचिवालयबाट बिदा लिएपछि मुख्यमन्त्री शाहीले नयाँ पदाधिकारीहरूको नियुक्ति गरेका छन् ।

जनसम्पर्क सल्लाहकार विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्य, स्वकीय सचिव पदमा रवीन्द्रबहादुर शाही नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

यसअघि कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका थिए । २८ चैत, २०७४ मा नियुक्त भएका मुख्य न्यायाधिवक्ता मानन्धरले व्यक्तिगत कारण देखाउँदै आइतबार पदबाट राजीनामा दिएका थिए ।

  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १७:१४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया