कोरियामा रहेका विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप

कोरियामा रहेका नेपाली कामदारले भिषा (प्रवेशाज्ञा) अवधि थप गर्न पाउने भएका छन् । दक्षिण कोरिया सरकारले नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको हो । 

विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो । 

यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ । यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ ।

अस्थायी प्रवेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्नेछन् । कोभिड–१९ का कारण कोरियामा एक वर्षदेखि विदेशी कामदार भित्रिएका छैनन् । 

लामो समयदेखि विदेशी कामदार नभित्रिएका कारण कामदारको अभावलाई पूर्ति गर्न पनि सो नियम ल्याइएको मन्त्रालयले बताएको छ । कोरियाले अस्थायी मौसमी कामदारको रुपमा गत वर्ष ७९ हजारको प्रवेशाज्ञा थप गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १७:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया