गाडीको ठक्करबाट बालकको मृत्यु : आफन्तले लगाए गाडीमा आगो
फरकधार / ५ फागुन, २०७७

कालिकोटमा गाडीको ठक्करबाट २ वर्षीया एक बालकको मृत्यु भएको छ । बुधबार रास्कोट नगरपालिका ७ सान्नीघाट बजारका २ वर्षीय प्रेम सिम्खडाको बलेरो जिपको ठक्करबाट मृत्यु भएको हो । बालकको मृत्युपछि आफन्तले भे १ ज ११४९ नम्बरको गाडीमा आगजनी गरेका छन् ।



घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाइ भएका कारण स्थानीयले गाडीमा आगजनी गरेको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । घटना स्थलमा प्रहरी जाँदा सवारी जलेको अवस्थामा पुगेको उनले बताए । प्रहरीले सवारी चालक उमाकान्त पाठकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।



  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १९:४४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया