गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मीमा एक जिप दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । 

घटनामा अन्य ६ जना घाइते भएका छन् । लु १ ज १९८८ नम्बरको जिप बुधबार साँझ तम्घासबाट पराल्मीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । जिप रेसुङ्गा नगरपालिका १४ ठूलो पधेरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, ४८ वर्षका एकराज पोखरेल र २८ वर्षकी शान्ती नेपालीको निधन भएको हो ।

यीमध्ये एक जनाको घटनास्थलमा नै निधन भएको हो भने अन्य दुई जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । घाइते ६ जनाका् उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार २१:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया