बागमती प्रदेश लिग फुटबल आजदेखि हुँदै

बागमती प्रदेश लिग फुटबल आजदेखि सुरु हुँदैछ । नुवाकोटमा सुरु हुन लागेको प्रतियोगितामा प्रदेशभित्रका १० टोलीको सहभागिता रहेको छ । 

अखिल नेपाल फुटबल संघ, एन्फाको आयोजना तथा नुवाकोट फुटबल संघको संयोजनमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा प्रदेश लिग फुटबल हुन लागेको हो । 

लिगको विजेता टोलीले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेता हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

लिगमा सहभागि १० टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ए मा नखिपोट युथ क्लब ललितपुर, सौराहा युवा समाज चितवन र न्यू जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक रहेका छन् ।

समूह बी मा घरेलु टोली नुवाकोट युनाइटेड फुटबल, धादिङ समाज धादिङ, टाइगर टिम दोलखा र नमुना जनउत्थान क्लब सिन्धुली रहेका छन् ।

समूह सी मा न्यू डाँफे युथ क्लब मकवानपुर, आकाश भैरव क्लब काभ्रे र वाइन्ट स्पोटर्स एक्सपोर्टस काठमाडौं रहेका छन् । उद्घाटन खेलमा समूह बी का जनउत्थान सिन्धुली र नुवाकोट युनाइटेड भिड्दैछन् । 





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार ८:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया