पुस्तकमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापाको जीवन यात्रा

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुन बहादुर थापाद्वारा लिखित पुस्तकको लोकार्पण गरिएको छ । थापाले आफ्नो जीवन यात्रामा भोगेका अनुभूतिहरु समेटर पुस्तक तयार पारेका हुन् । 

पुस्तकको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्त र मुख्यमन्त्री त्रिलोचन भट्टले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । ‘तीर्थ प्रसादको जीवन यात्रा’ नाम दिएको उक्त पुस्तकमा थापाको जन्मदेखि हालसम्म भएको संघर्षका कथाहरु समेटिएको टिप्पणी कर्ता तथा साहित्यकार रामलाल जोशीले बताए । 

‘सभामुख अर्जुनबहादुर थापाद्वारा लिखित पुस्तकमा उहाँले आफ्नो जीवनमा भोगेका र गरेका कामको व्याख्या गर्नुभएको छ’, साहित्यकार जोशीले भने, ‘यस पुस्तक धेरैको लागि प्रेरणा बन्न सक्छ । सुदूरपश्चिमको रहनसहन, जनताको चाहना, सोच, कला, संस्कृति, शैक्षिक र राजनीतिक जागरण लगायतका कुराहरु यसमा समेटिएका छन् ।’

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ मा बुवा जंगबहादुर थापा र आमा राईकोशा थापाको चौथो सन्तानका रुपमा २०१० सालमा जन्मिएका अर्जुनले सुदूरपश्चिमको झल्को दिने गरी पुस्तकमा अनुभुति उल्लेख गरेका छन् ।

थापाले पुस्तकले भावी पुस्तालाई आफ्नो जन्मथलो, कर्मथलोको विषयमा कलम चलाउन प्रेरित गर्ने बताए । ‘२०७१ सालदेखि फुर्सदमा किताब लेख्न सुरु गरेको हो’, उनले भने । 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार ८:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया