वामदेवको स्पष्टीकरण : अहिले गृहमन्त्री बन्‍ने कुनै योजना छैन

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने कुनै योजना नरहेको बताएका छन्।

आफूबारेमा केही सञ्चारमाध्यमले नियोजित प्रचार गरेको दाबीसहित गौतमले मन्त्री बनेर ओली सरकारमा जाने आफ्नो कुनै इच्छा नरहेको बताएका हुन्।

उनले गृहमन्त्री बन्ने हल्ला फैल्याइदिएर केही दुष्ट आफ्नो चरित्र हत्या गर्न लागेको दाबी गरेका छन्। 'मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ', उनले भनेका छन्, 'केही सञ्चारमाध्यमले केपी ओली नेतृत्वको सरकारमा गृह मन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दुराशायुक्त समाचार प्रवाहित गरिएको छ।' 

उनले आफू पार्टी एकता अभियानमै रहेको स्पष्टीकरण दिँदै यस्ता कुराले कसैलाई भ्रममा नपर्न पनि अपिल गरेका छन्। 
 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २०:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया