नेपाली काङ्ग्रेस नुवाकोटले शुक्रबार आफ्नो नयाँ भवन उद्घाटन गरेको छ । भव्य कार्यक्रमबीच नुवाकोटको पार्टी कार्यालय उद्घाटन गरिएको हो जसमा कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए ।
देउवाले कार्यक्रममा निर्वाचन हुने भनेपछि आफूहरुले त्यसको तयारी गर्नु पर्नेमा जोड दिए ।
‘हुँदैन भन्दाभन्दै निर्वाचन भयो भने तयारी नपुगेकाले फेरि निर्वाचनमा पराजय भोग्नु पर्ने हुन्छ,’ कार्यक्रममा देउवाले भने, ‘राजनीति गर्ने हो भने निर्वाचनको विरोध गर्नुहुँदैन । चुनावसँग डराएर हुँदैन ।’
देउवाले संसद विघटन गराएका प्रधानमन्त्रीले चुनाव पनि गराउनै पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा देउवाले अब आफ्नो उद्देश्य भनेको हिम्मतवाला पार्टीका रुपमा नेपाली कांग्रेस बनाउने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।