मलाई विश्वास छ, सर्वोच्चले संसद पुनर्स्थापना गर्छः प्रदीप पौडेल
फरकधार / ७ फागुन, २०७७
यो सामग्री सेयर गर्नुहोस्

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोमा नेपाली कांग्रेस स्पष्ट भएको बताएका छन् । 



उनले यस विषयमा पार्टीमा पनि कुनै मत विभाजित नभएको बताएका छन् । ‘यसबारे पार्टीमा कुनै फरक मत छैन,’ नुवाकोटमा पार्टी कार्यालय उद्घाटनका क्रममा उनले भने, ‘कांग्रेसले यसलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनिसकेको छ ।’



यतिमात्र होइन, उनले अदालतले संसद पुनस्र्थापना गर्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।



‘अदालतले संविधानको व्याख्या मात्र गर्ने हो,’ उनले भने, ‘त्यसैले मलाई विश्वास छ, संवैधानिक रुपमा संसद पुनस्र्थापना हुन्छ ।’







  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २१:५२:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया