सुर्खेतमा देखियो बर्ड फ्लु : चार सयभन्दा बढी कुखुरा, परेवा नष्ट

सुर्खेतको वीरेन्द्रनगर–१२ नौलोटोलमा रहेका दुईवटा कुखुरा फर्ममा बर्ड फ्लु देखिएको हो । बर्ड फ्लु देखिएपछि आज (शनिबार) ४ सयभन्दा बढी कुखुरा, परेवा र अण्डा नष्ट गरिएको छ । पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्ड फ्लु पुष्टि गरेको हो ।

केही दिनअघि सुर्खेतमा बर्ड फ्लुको शंका लागेपछि परीक्षणका लागि केन्द्रमा पठाइएको थियो । केन्द्रबाट बर्ड फ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाइले जानकारी दिए । 

‘बर्ड फ्लु पुष्टि भएपछि चार सयभन्दा बढी कुखुरा, परेवा र अण्डा नष्ट गरिएको छ’, उनले भने, ‘बर्ड फ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरण गर्ने काम अघि बढेका छन् ।’





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १८:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया