संसद पुन:स्थापना नगरिए आन्दोलनको आँधी आउँछ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन्। नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। 

उनले सर्वोच्च अदालतले संसद पुन:स्थापना नगरे देशमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए। 'सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ', उनले भने, 'यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ।' 


 





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार २२:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया