बाबुराम भट्टराईले भने– ओलीसँग सत्तामा बस्ने नैतिक आधार छैन

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अदालतले विघटित संसद पुनःस्थापना गरे आफूहरुले आन्दोलन गर्ने बताएका थिए । 

यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले उनीमाथि प्रश्न उठाएका हुन् । 

सामाजिक सन्जाल ट्विटरमा सक्रिय डा. भट्टराईले देशको प्रधानमन्त्रीले नै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनका विकल्प छैन भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् । 

उनले यसलाई लोकतन्त्रमाथिको भद्दा मजाकको पनि संज्ञा दिएका छन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार ६:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया