नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा राजनीतिक सँस्कार थप खराब हुँदै गएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपामा उनको समूहका नेताहरुले भाषणमा प्रयोग गर्ने शब्दहरुका कारण नेपालको राजनीतिक सँस्कार थप खराब हुँदै गएको उनले बताएका हुन् ।
‘ओली समुदायका सबैलाई अश्लील नबोलेसम्म धित नमर्ने लत लागिसकेको छ,’ उनले ओली र उनी नजिकका नेताहरुबारे लेखेका छन्, ‘यसले देशमा राजनीतिक कुसँस्कार जन्माइरहेको छ ।’
सामाजिक सन्जाल ट्विटरमा प्रदीप पौडेलको त्यसपछिको प्रश्न छ– तर्क र शब्दमा उनीहरु किन यति विपन्न र असहाय भए ?’
प्र म केपी ओलीका ज्ञान मीमांसमा सधैं गाली, गलौच र अपशब्द मात्रै मडारिन्छन्।ओली समुदायका सबैलाई अश्लील नबोलेसम्म धित नमर्ने लत लागिसकेको छ ।ओली-प्रवृतिले राजनैतीक कुसंस्कार जन्माईरहेको छ।तर्क र शब्दमा उनीहरू किन यति विपन्न र असहाय भए ?
— Pradip Paudel (@paudelpradipNC) February 20, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।