सरकारले भारतबाट खरिद गरेको कोरोना खोपको १० लाख डोज आज नेपाल आइपुग्दैछ । भारत सरकारले अनुदानमा १० लाख डोज कोरोना खोप दिएपछि अहिले नेपालमा खोप अभियान चलिरहेको छ ।
भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्स्फोर्डसँगको सहकार्यमा उत्पादन गरेको कोभिशिल्ड खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको थियो । नेपाल सरकारले सोही खोपको २० लाख डोज सेरमसँग खरिद गर्न लागेको हो ।
सोही २० लाख खोपमध्ये आइतबार दिउँसो १० लाख डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी शनिबार नै जानकारी गराइसकेका छन् ।
सहप्रवक्ता अधिकारीका अनुसार आइतबार एयर इन्डिया दिल्ली काठमाडौं १३ः३० को उडान मार्फत खोप नेपाल आउने छ ।
उक्त खोप विमानस्थलबाट उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारणमा लगी भण्डारण गर्ने र फाल्गुण २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका देशैभरका खोपकेन्द्रहरुमा पुर्याउने तयारी गरिएको छ ।
भारत सरकारले अनुदानमा दिएको कोरोना खोप गत माघ ८ गते नेपाल आएको थियो । त्यसपछि १४ गते बाट खोप अभियान सुरु गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।