‘सत्ताधारी पार्टीका भारदारी वर्गको स्वार्थमा राज्य केन्द्रित’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिमा जनताको हितको नारा दिए पनि सत्ताधारी पार्टीका भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको बताएका छन् ।

‘राजनीति मुद्दा समाधान भयो, अब आर्थिक समृद्धिको युग आरम्भ हुन्छ भनेर तीन वर्ष अगाडि भनिएको थियो । तर वर्तमान अवस्था त्यसको ठिक विपरीत छ,’ अध्यक्ष लोहनीले भने ।

राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरे । 

‘भनाइमा राष्ट्रियताको कुरा छन्, तर गराइ लम्पसारवाद उन्मुख छ । भनाइ भ्रष्टाचार विरोधी छ, व्यवहार भ्रष्टाचारलाई संरक्षण गर्ने छ । नारा निष्पक्ष प्रशासनको छ, गराइ हरेक तहमा पार्टीगत भागवण्डा हावी छ । संविधान संरक्षणको आदर्श छाटिन्छ तर ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ । नारा प्रजातन्त्रको छ, व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख रहेको छ ।’

राप्रपाले बोकेको एजेन्डा– संविधान भित्रको राजसंस्था र सर्वधर्म समभावसहित नेपाली पहिचान कायम राख्ने हिन्दुराष्ट्रको सार्थकता पहिलेभन्दा पनि जरुरी भएको उनले बताए ।

संविधानमा कतै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमुलुक संस्था विघटन गरे पनि यसको अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने उनले बताए । उक्त फैसलाले राजनीतिक रूपमा बन्धक रहेको अवस्थाबाट मुलुकले पार पाउने समेत लोहनीले बताए ।



सभालाई राप्रपाका केन्द्रीय नेताहरू ध्रुव रायमाझी, कृष्ण चौधरी, इद्रिस मुसलमान, खनिज फतेम, जनक पाठक लगायतले सम्बोधन गरेका थिए ।



  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १२:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया