प्रदेश १ : अविश्वास प्रस्ताव पेस, प्रदेशसभा बैठक फागुन २० सम्मलाई स्थगित

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेस भएसँगै प्रदेश १ को प्रदेशसभा बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको छ। दाहाल-नेपाल समूहका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव वाचन गरेसँगै सभामुख प्रदीपकुमार राजभण्डारीले बैठक आगामी २० गतेसम्मलाई स्थगित गरेका हुन्। 

सत्ता पक्ष अनुपस्थित भएको प्रदेश १ संसद बैठकमा दाहाल-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको हो। आज उक्त अविश्वास प्रस्तावबारे छलफल हुने कार्यसूची थियो। 

सरकार नै सहभागी नभएपनि सुरु भएको बैठकमा मुख्यमन्त्री राईले हटाएका अर्थमन्त्री आङ्बोले अविश्वास प्रस्ताव वाचन गरेका थिए।  मुख्यमन्त्री राईले बैठकमा सहभागी हुन नसक्ने जानकारी सभामुखलाई गराएका थिए। 

यसअघि मुख्यमन्त्री राईले संसद बैठक रोक्न सभामुख भण्डारीलाई दबाब दिएका थिए । तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका थिए।

पुस ५ मा संघीय संसद विघटन गरेसँगै प्रदेश सभा १ का ३७ सांसदले पुस १२ मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर उक्त प्रस्ताव अहिलेसम्म पनि संसदमा टेबुल भएको थिएन। माघ ७ गतेदेखि सुरु प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै रोकिएको थियो। 

माघ २५ गते बसेको दोस्रो बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो। तर उक्त बैठकमा सत्तारुढ नेकपा ओली समूहका सांसदहरु अवरोध गरे। दोस्रो बैठक पनि मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव छल्ने रणनीति अनुसार अवरोध गर्न लगाएका थिए। 



दाहाल-नेपाल समूहमा रहेका सांसदहरुले दर्ता गराएको अविश्वास प्रस्ताव सजिलै सामना गर्ने बताइरहेका मुख्यमन्त्री राईले प्रस्ताव टेबुल नै हुन नदिने गरि सत्तारुढकै सांसदलाई अवरोध गर्न लगाएका थिए। 



  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया