देउवालाई पौडेलले भने– जुलुस गर्ने पैसाले होइन

नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौैडेलले केही दिनअघि सभापति देउवाले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रममा देउवाले अहिले आन्दोलन गर्न नेपाली कांग्रेससँग पैसा नभएको बताएका थिए ।

संसद विघटनविरुद्ध आन्दोलन गर्न पैसा आवश्यक भएको र अहिले कांग्रेससँग पैसा नभएको उनले बताएका थिए ।

आज सुनसरीको एक कार्यक्रममा पौडेलले पत्रकारहरुले यही विषयमा लक्षित प्रश्न गरेपछि पैसाले जुलुस नगर्ने बताएका हुन् । उनले भने, ‘आन्दोलन वा विरोध प्रदर्शन पैसाले गर्ने होइन, निर्णयले गर्ने हो । पार्टीको संकल्पले गर्ने हो, पैसाले होइन ।’

पार्टीले अहिले आन्दोलनको पक्षमा निर्णय गरे स्वतस्फूर्त रुपमा जनता देशका लागि लड्न सडकमा आउनेसमेत दाबी गरेका छन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया