काठमाडौंको कलंकीस्थित एलआरआई स्कूल नजिकै आइतवार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्दा दाहाल-नेपाल नेकपाका ६ जना कार्यकर्ता पक्राउ परेका छन्।
ती कार्यकर्तालाई कालिमाटी वृत्तका प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा राखेका छन्। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ का विमल लम्साल, दात्ताराम पनेरू, सन्ध्या भट्ट, प्रितम भट्ट,विनोद भट्ट र केशव भट्ट रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।