नेपालको संविधान संसारकै सबैभन्दा महँगो : अधिवक्ता न्यौपाने
प्रचण्ड–माधवले विदेशी शक्ति गुहारेको आरोप

काठमाडौं : वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालमा व्यवस्था नै असफल भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार बोल्दै उनले यस्तो बताएका हुन्।

एक साताअघि भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विदेशी शक्ति गुहारेको आरोप लगाएका छन्। 

त्यस्तै, हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओली पनि विराटनगरमा आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भनेर धम्क्याउनु अनुचित भएको बताए। यी सबै अभिव्यक्ति व्यवस्थाको असफलता भएको न्यौपानेले बताएका छन्। 

उनले नेपालको संविधान संसारको सबैभन्दा महँगो भएको उल्लेख गरे। न्यौपानेले कम्युनिष्ट कहिल्यै पनि प्रजातान्त्रिक नहुने जिकिर गरे । उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई नेकपा दुवै पक्षले अन्तर्वार्ता लिएको पनि बताए।

अब नेपाली जनताले विकल्प खोज्नुपर्ने पनि उनले बताएका छन्। अहिलेसम्मको घटनाक्रम हेर्दा यो व्यवस्थाले काम नगर्ने पनि उनले ठोकुवा गरेका छन्। 

न्यौपानेले निर्वाचन भयो भने यो व्यवस्थाको आयु अलिकति लम्बिने पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले गलत रुपमा संसद विघटन गरेको भए जनताले सजाय दिने पनि उनले  बताए। 





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १८:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया