भारतमा फेरि बढ्यो कोरोना त्रास, महाराष्ट्रमा नयाँ प्रतिबन्ध

भारतमा केही दिन यता कोरोनाभाइरस संक्रमण अलिक सुस्त देखिएको थियो । तर, अब फेरि त्यहाँ कोरोना त्रास बढ्न थालेको छ । कोरोना त्रास बढेसँगै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले राज्यमा विभिन्न प्रतिबन्ध लगाएका छन् । 

अब महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक आयोजनाहरु गर्न नपाइने भएको छ । 

एक टिभीमा सम्बोधन गर्दै मुख्यमन्त्री ठाकरेले यो प्रतिबन्ध लगाएका हुन् । उनले अब त्यहाँ केही दिन राजनीतिक आन्दोलन पनि गर्न नपाइने बताएका छन् । 

उनले लकडाउन नै कोभिड १९ को समाधान नभए पनि यो भाइरसको ट्रान्समिसन रोक्नका लागि सबैभन्दा उपयुक्त संयन्त्र यही भएको बताएका छन् । 

‘कोरोनाभाइरसबाट बच्न अझै पनि हामीले मास्क लगाइरहनु पर्छ,’ उनले भनेका छन्, ‘अनि सामाजिक दूरीलाई बिर्सनु हुँदैन ।’





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १०:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया