सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा साताको साताको पहिलो दिन आठ सयले बढेको सुन सोमबार स्थिर बनेको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ । 

चाँदीको मूल्यमा पनि कुनै फेरबदल नआएको महासंघले जनाएको छ। आइतबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि उही मूल्यमा स्थिर रहेको छ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १३:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया